भारतमा कोरोना संक्रमितको संख्या उच्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतमा कोरोना संक्रमितको संख्या उच्च

एजेन्सी, १४ चैत । भारतमा कोरोना भाईरसको दोस्रो लहरका कारण दैनिक संक्रमित हुनेको संख्या उच्च हुँदै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६० हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कुल संक्रमित संख्या १ करोड १९ लाख ८ हजार ९ सय १० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा दुई सय ९१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । भारतमा संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या एक लाख ६१ हजार २ सय ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा संक्रमणमुक्त हुनेको संख्या भने ३० हजार ३ सय ८६रहेको छ । योसँगै भारतमा एक करोड १२ लाख ९५ हजार २३ जना संक्रमनमुक्त भएका छन् ।

हाल भारतमा चार लाख ५२ हजार ६सय ४७ सक्रिय संक्रमित छन् ।

त्यसैगरी भारतमा हालसम्म पाँच करोड ९१ लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);