भारतमा २४ घण्टाभित्र संक्रमित हुनेको संख्या अहिलेसम्म कै उच्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा २४ घण्टाभित्र संक्रमित हुनेको संख्या अहिलेसम्म कै उच्च

एजेन्सी, २३ चैत । भारतमा पछिल्लो २४ घण्टामा १ लाख भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा २४ घण्टामा संक्रमित हुनेको संख्या यो नै अहिले सम्मको उच्च रहेको छ । यसअघि गएको वर्ष सेप्टेम्बरमा दैनिक संक्रमित संख्या ९७ हजार ८ सय ९४ पुगेको थियो ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रायलका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ३ हजार ५ सय ५८ जना संक्रमित थपिएका छन् । योसँगै भारतमा संक्रमित हुनेको कुल संख्या एक करोड २५ लाख ८९ हजार ६७ पुगेको छ ।

भारतमा संक्रमित संख्या उच्च रहेका राज्यहरुमा महाराष्ट्र पहिलो स्थानमा रहेको छ भने महाराष्ट्रलाई पञ्जाब र छत्तीसगढले पछ्याएका छन् । महाराष्ट्र सरकारले आइतबार रात्रीकालिन कर्फ्यु घोषण गरिएको छ भने साताको अन्तमा लकडाउन पनि जारी गरिने भएको छ ।

यसैबीच आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बसेको विज्ञसहितको बैठकले रूसी भ्याक्सिन स्पुतनिक भीलाई आपतकालिन अनुमति दिने तयारी गरेको छ । बैठकले स्पुतनिक भीलाई १० दिनभित्र भारतमा आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा चार सय ७८ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ६५ हजार १ सय १ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ५२ हजार ८ सय ४७ लगायत भारतमा संक्रमणमुक्त हुनेको संख्या एक करोड १६लाख ८२ हजार एक सय ३६ पुगेको छ । हाल भारतमा सात लाख ४१ हजार ८ सय ३० सक्रिय संक्रमित रहेका छन् ।

भारतमा हालसम्म सात करोड ९१ लाख ५ हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);