भारतमा एकैदिन ३ लाख ४५ हजारभन्दा बढी संक्रमित, मृतक संख्या पनि हालसम्म कै उच्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा एकैदिन ३ लाख ४५ हजारभन्दा बढी संक्रमित, मृतक संख्या पनि हालसम्म कै उच्च

एजेन्सी । भारतमा कोरोनाको दोश्रो लहर चलेसँगै हरेक दिन दैनिक संक्रमित हुनेको संख्या र मृत्यु हुनेको संख्या उच्च भएको रेकर्ड बन्दै आएको छ ।

पछिल्लो २४ घण्टामा पनि भारतमा दैनिक संक्रमित संख्या र मृत्यु संख्या उच्च रहेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४५ हजार १ सय ४७ मा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमित हुनेको जम्मा संख्या एक करोड ६६ लाख २ हजार ४ सय ५६ पुगेको छ ।

भारतमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित राज्यहरु महाराष्ट्रमा ४१ लाख ६१ हजार ६सय ७६, केरलामा १३ लाख २२ हजार ५४, कर्नाटकमा १२ लाख ४७ हजार ९ सय ९७, तमिल नाडुमा १० लाख ३७ हजार ७ सय ११, आन्ध्र प्रदेशमा नौ लाख ९७ हजार ४ सय ६२, उत्तर प्रदेश नौ लाख ७६ हजार ७ सय ६५ र दिल्लीमा नौ लाख ५६हजार ३ सय ४८ रहेका छन् ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा दुई हजार ६ सय २१ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै सात सय ७३ महाराष्ट्रका रहेका छन् भने राजधानी दिल्लीका तीन सय ४८ रहेका छन् ।

भारतमा हालसम्म संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८९ हजार ५ सय ४९ पुगेको छ ।

भारतमा हाल दुई लाख ५५ हजारभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् भने हालसम्म एक करोड ३८ लाख ६२ हजार १ सय १९ संक्रमणमुक्त भईसकेका छन् ।

कोरोनाविरुद्धको खोप लिनेको संख्यामा भने १३ करोड ८३ लाख ७९ हजारभन्दा बढी रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);