भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार संक्रमित, २५ दिन पछि दैनिक संक्रमित संख्या ३ लाख मुनि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार संक्रमित, २५ दिन पछि दैनिक संक्रमित संख्या ३ लाख मुनि

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा दैनिक कोरोना संक्रमित हुनेको संख्या २५ दिनपछि तीन लाख मुनि आएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १५ लाख ७३ हजार ५ सय १५ परीक्षणमध्ये दुई लाख ८१ हजार ३ सय ८६ मा संक्रमण पुष्टि भएको हो ।

एक साता अगाडिसम्म भारतमा दैनिक संक्रमित हुनेको संख्या ४ लाख नाघेको थियो । योसँग भारतमा कोरोनाको दाश्रो लहर उच्च विन्दुमा पुगी झर्ने क्रममा रहेको बताइएको छ ।

नयाँ संक्रमितहरुमध्ये सबैभन्दा बढी ३४ हजार ३ सय ८९ महाराष्ट्रका, तमिलनाडुका ३३ हजार १ सय ८१, कर्नाटकका ३१ हजार ५ सय ३१, केरलाका २९ हजार ७ सय ४ र आन्ध्रप्रदेशका २४ हजार १ सय ७१ रहेका छन् ।

योसँगै भारतमा संक्रमित हुनेको कुल संख्या दुई करोड ४९ लाख ६५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका तीन लाख ७८ हजार ७ सय ४१ सहित भारतमा हालसम्म २ करोड ११ लाख ७४ हजार ७६ ले संक्रमण जित्न सफल भएका छन् ।

सोही अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या चार हजार १ सय ६रहेको छ । भारतमा पछिल्लो साता दैनिक संक्रमित हुनेको संख्या ओरालो लागेपनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । भारतमा हालसम्म दुई लाख ७४ हजार ३ सय ९० ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

भारतमा हाल सक्रिय संक्रमित संख्या ३५ लाख १६ हजार ९ सय ९७ रहेको छ ।

भारतमा हालसम्म १८ करोड २९ लाख २६हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);