भारतमा दैनिक संक्रमित हुनेको संख्या दुई महिना यता कै न्यून | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भारतमा दैनिक संक्रमित हुनेको संख्या दुई महिना यता कै न्यून

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा एक लाख १४ हजार ४ सय ६० कोरोना भाइरस संक्रमित थपिएका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा भएका २० लाख ३६ हजार ३ सय ११ परीक्षणमध्ये एक लाख १४ हजार ४ सय ६० मा संक्रमण पुष्टि भएको हो । दैनिक संक्रमित हुनेको यो संख्या दुई महिना यता कै न्यून हो ।

यो पनि पढ्नुहोस

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ९७ हजार भन्दा बढी संक्रमणमुक्त
अस्ट्रेलियाको मेलबर्नमा कोरोना भाइरसको नयाँ स्वरुप भेटियाे

यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या दुई करोड ८८ लाख ९ हजार ३ सय ३९ पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा एक लाख ८९ हजार २ सय ३२ संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा दुई हजार ६सय ७७ संक्रमितले ज्यान गुमाएका छन् ।

भारतमा संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या तीन लाख ४६ हजार ७ सय ५९ पुगेको छ भने दुई करोड ६९ लाख ८४ हजार ७ सय ८१ ले कोरोना जित्न सफल भएका छन् ।

भारतमा हालसम्म २३ करोड १३ लाख २२ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);