भारतमा दैनिक संक्रमित हुनेको संख्या ९० हजार नजिक | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

भारतमा दैनिक संक्रमित हुनेको संख्या ९० हजार नजिक

एजेन्सी, २१ चैत । भारतमा पछिल्लो २४ घण्टामा झण्डै ९० हजार कोरोना संक्रमित थपिएका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ८९ हजार १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एकै दिन संक्रमित हुनेको यो संख्या विगत साढे छ महिना यता कै उच्च भएको मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या एक करोड २३ लाख ९१ हजार २ सय ३९ पुगेको छ ।हाल भारतमा छ लाख ५८ हजार ९ सय ९ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा सात सय १४ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । यो संख्या अघिल्लो दिनको भन्दा दुई सय ४५ ले बढी हो ।

अघिल्लो २४ घण्टामा चार सय ६९ जनाको मृत्यु भएको थियो । योसँगै भारतमा संक्रमणका कारण मुत्यु हुनेको कुल संख्या एक लाख ६४ हजार १ सय १० पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ४४ हजार २ सय २ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या एक करोड १५ लाख ६९ हजार २ सय ४१ पुगेको छ ।

भारतमा कोरोनाविरुद्धको खोप अभियान चलिरहेको भएपनि संक्रमित हुनेको संख्या दिनप्रति दिन तीब्र रुपमा बढी रहेको छ । भारतमा कोरोनाको पहिलो लहरभन्दा दोश्रो लहर निकै खतरनाक हुन सक्ने विश्लेषण गरिएको छ ।

हालसम्म भारतमा सात करोड ३० लाख ५४ हजार २ सय ९५ जनाले कोरोनाविरुद्धको खोप लगाई सकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);