२४ घण्टामा थप १ सय २८ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

२४ घण्टामा थप १ सय २८ जनामा कोरोना संक्रमण

काठमाडौं, २१ चैत । पछिल्लो २४ घण्टामा देशभर १ सय २८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भएका २ हजार ७ सय २७ पीसीआर परीक्षणमध्ये १ सय २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७७ हजार ७ सय ७८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको १ छ । हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार ३२ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा १६१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार १ सय २३ पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);