भारतमा तीन लाख ९२ हजार ४ सय ८८ मा कोरोना संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा तीन लाख ९२ हजार ४ सय ८८ मा कोरोना संक्रमण पुष्टि

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ९२ हजार ४ सय ८८ मा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १८ लाख ४ हजार ९ सय ५४ पीसीआर परीक्षणमध्ये तीन लाख ९२ हाजर ४ सय ८८ मा संक्रमण पुष्टि भएको हो ।

दैनिक संक्रमित संख्या उच्च भएको रेकर्ड बनिरहेको भारतमा पछिल्लो २४ घण्टामा देखिएको संक्रमित संख्या अघिल्लो २४ घण्टामा देखिएको संक्रमित संख्याभन्दा केही कम हो । अघिल्लो २४ घण्टामा भारतमा चार लाख २ हजार १ सय १० मा संक्रमण पुष्टि भएको थियो ।

योसँगै भारतमा संक्रमितको कुल संख्या एक करोड ९५ लाख ५७ हजार ४ सय ५७ पुगेको छ । त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ८९ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । यो सँगै भारतमा संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई लाख १५ हजार ५ सय ४२ पुगेको छ ।

हाल भारतमा ३३ लाख ४९ हजार ६ सय ४४ सक्रिय संक्रमित रहेका छन् । यस्तै, भारतमा पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका तीन लाख ७ हजार ८ सय ६५ सहित संक्रमणमुक्त हुनेको जम्मा संख्या एक करोड ५९ लाख, ९२ हजार २ सय ७१ पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);