दाङमा थप एक जना पुरुषको कोरोनाबाट मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दाङमा थप एक जना पुरुषको कोरोनाबाट मृत्यु

दाङ । दाङमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १५ का ७७ बर्षीय पुरुष रहेको कोरोना विशेष अस्पताल बेलझुण्डीले जनाएको छ ।

उनको आइतबार बिहान साढे ८ बजे कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए । उनी अस्पतालमा बैखाश १२ गतेदेखि आइसियुमा भर्ना भएका थिए । उनलाई निमोनियासंगै कोरोना पुष्टि भएको ब्यवस्थापक वलीले जानकारी दिए ।

त्यस्तै, अस्पतालमा अक्सिजनको अभाव भएको छ । संक्रमित बिरामी बढ्दै गएपछि लुम्बिनी प्रदेश सरकारले अस्पतालाई १ सय बेडको बनाउने निणर्य गरेपनि अक्सिजन अभावमा अहिले ५० बेडमात्रै संचालन भएका अस्पतालले जनाएको छ । अक्सिनको पर्याप्तता भएमा १०० बेड संचालन गर्न सकिने अस्पतालका व्यवस्थापक वलीले जानकारी दिए ।

अस्पतालमा अहिले दैनिक १२० सिलिण्डर अक्सिन खपत हुने गरेको उनको भनाइ छ । अस्पताललाई सय बेडमा संचालन गर्नका लागि दैनिक करिब ४ सय सिलिण्डर अक्सिजन आवश्यक पर्ने उनले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);