दाङमा थप एक कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाङमा थप एक कोरोना संक्रमितको मृत्यु

death

दाङ । दाङमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका १५ निवासी ५७ वर्षीय पुरुषको आइतबार बिहान ११ः१५ बजेको समयमा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

मृतकलाई यही बैशाख २ गते कोरोना पुष्टि भएको थियो । सोही दिनदेखि उनी आइसीयु कक्षमा भर्ना भएका थिए । अस्पताल व्यवस्थापक वलीका अनुसार उनलाई निमोनिया समेत देखिएको थियो । यससगैं बेलझुण्डी अस्पतालमा हालसम्म ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

दाङमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);