दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु

दाङ, १९ मंसिर । दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १३ निबासी ६६ बर्षीय पुरुषको शनिबार बिहान १० : ४५ बजे कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।

उनको कात्तिक ३० गते स्वाब पीसीआर परीक्षण गराउँदा कोरोना सक्रमण पुष्टि भयो थियो । त्यसपछि उनी होम आइसोलेशनमा बस्दै आएका र स्वास्थ्यमा थप समस्या देखिएपछि मंसीर ६ गते उपचारकालागि अस्पतालमा आएको वलीले जानकारी दिनुभयो । उनलाई अस्पतालको सघन उपचार कक्षमा राखीएको थियो ।

त्यस्तै अहिले अस्पतालमा १५ जना संक्रमितहरु रहेको र ति मध्ये मध्य तुलसीपुरका ९ जना, सल्यानका १ जना र घोराहीका ५ जना रहेको अस्पतालले जनाएको छ । त्यस्तै अहिले पनि अस्पतालमा ५ जनाको सघन उपचारकक्षमा उपचार भइरहेको व्यवस्थापक वलीले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा शुक्रबार सम्म २८ जनाको ज्यान गएको छ, भने संक्रमितको संख्या ३ हजार ४३ रहेको छ । त्यस्तै संक्रिय संक्रमितको संख्या ४११ र कोरोना जिते डिस्चार्ज हुनेको संख्या २ हजार ६०४ रहेको छ ।

सक्रिय संक्रमित मध्य होम आइसोलेशनमा ३०५ जना र संस्थागत आइसोलेशनमा १०६ जना रहेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);