दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु

दाङ । दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १५ निवासी ६५ बर्षीय पुरुष रहेको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङले जनाएको छ । उनको बुधबार विहान ९ : १५ बजेतिर अस्पतालमा मृत्यु भएको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

ति पुरुष बैशाख १७ गतेदेखि अस्पतालमा एचडीयूमा भर्ना भएका थिए । उनलाई निमोनिया संगै कोरोना पुष्टि भएको वलीले जानकारी दिए । त्यस्तै कोराना अस्पतालमा योसंगै कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ५ जना महिला र १३ जना पुरुष गरी १८ पुगेको अस्पतालले जनाएको छ ।

मंगलवार सम्म अस्पतालमा ५२ जना एचडीयू र ५ जना आसियूमा भर्ना भएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);