दाङमा सबै भन्दा बढि तुलसीपुरमा कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दाङमा सबै भन्दा बढि तुलसीपुरमा कोरोना संक्रमित

दाङ। दाङमा दोस्रो चरणको कोरोना महामारीमा जिल्लाका १० स्थानियतह मध्य तुलसीपुर उपमहानगरपालिकामा बढि संक्रमित भएका छन् ।

शुक्रबारसम्म उपमहानगरपालिकामा १ हजार २ सय २७ जना ( ७०१ पुरुष र ५२६ महिला) सक्रिय संक्रमितहरु रहेका छन् । बैशाख १ गतेदेखि हाल सम्म २४ जनाको मृत्यु भइसकेको तुलसीपुर उपमहानगरपालिकाका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।

केसीका अनुसार उपमहानगरपालिकामा सबै भन्दा बढी ३१ देखि ४० बर्ष सम्मका व्यक्तिमा कोरोना पुष्टि भएको छ । जसमा ६ सय २० जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी ५ देखि १० बर्ष सम्मका ३६ जना, ११ देखि २० बर्ष सम्मका १ सय ४९ जना, २१ देखि ३० सम्म ५६३ जना, ४१ देखि ५० सम्म ३ सय ८ जना रहेका छन् ।त्यस्तै ५१ देखि ६० सम्म १ सय ५, ६१ देखि ७० सम्म ११५, ७१ देखि ८० सम्म ३५ र ८० देखि माथि उमेरका ६ मा पुष्टि भएको केसीले बताए ।

उपमहानगरपालिकामा हाल सम्म संक्रमितको संख्या २ हजार १ सय ८७ जना रहेको छ,भने निको हुनेको संख्या ९ सय ३८ पुगेको छ । हाल सम्म उपमहानगरका विभिन्न वडाका ४२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी कोरोना विशेष अस्पताल बेलुझण्डी दाङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तुसलीपुर उपमहानगरपालिका ५ का ६७ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । उनको शनिबार बिहान १ ः ३० बजे अस्पतालमा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

उनी अस्पतालमा यहि बैशाख २० गते एचडीयूमा भर्ना भएका थिए । उनलाई कोरोना संक्रमण संगै निमोनिया भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);