दाङमा २ साता लकडाउन थपियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दाङमा २ साता लकडाउन थपियो

दाङ । दाङमा २ साता लकडाउन थप गरिएको छ । कोरोना संक्रमण र मृत्युदर बढी रहेपछि जिल्लामा २ साताका लागि लकडाउन थप गरेको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति डीसीसीएमसीको शुक्रबार बसेको बैठकले जेठ १५ गते सम्म लकडाउन बढाउने निर्णय गरेको डिसीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।

जिल्लामा सुरुमा यहि बैशाख १७ देखि २५ गतेसम्म लकडाउन जारी गरिएको थियो । दोस्रो २५ देखि जेष्ठ १ गते सम्म लकडाउन जारी गरिएको थियो । जिल्लामा अबदेखि लकडाउन थप कडाई गरिएको छ । अबदेखि हप्तामा दुई दिनमात्रै दैनिक उपभोग्य वस्तु खरिदको समय निर्धारण गरिएको छ ।

आइतबार र बुधबार बिहान ७ देखि ८ बजेको समयमा दैनिक उपभोग्य वस्तु खरिद गर्न सकिने र ५ दिन पूर्ण रुपमा बन्द रहने प्रजिअ पौडेलले जानकारी दिए । उनका अनुसार दुग्धजन्य वस्तु र तरकारीका गाडी भने संचालन गर्न दिइने भएको छ ।

संक्रमणदर रोकथामका लागि फेरि २ साता लकडाउन थप गरिएको हो ।

जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका अनुसार शुक्रबार जिल्लामा १ सय २६ जना नयाँ संक्रमित थपिएका छन् । ७१ जनाले कोरोना जितेका छन्, भने ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै जिल्लामा बैशाख १ देखि शुक्रबार सम्म ४ हजार ५ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको केन्द्र सूचना समन्वयकर्ता अजेन्द्र केसीले बताए । उनका अनुसार ती मध्ये १ हजार ७ सय ८८ जना निको भएका छन्, भने १ सय १ जनाको मृत्यु भएको छ । हाल २ हजार ७ सय १६ सक्रिय संक्रमितहरु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);