कुन–कुन जिल्लामा कहिलेसम्म छ निषेधाज्ञा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कुन–कुन जिल्लामा कहिलेसम्म छ निषेधाज्ञा ?

काठमाडौं । नेपालमा दुई साता यता कोभिड–१९ संक्रमणको बाढी नै आइरहेको छ । संक्रमणको बाढी रोक्न सरकारले उच्च सतर्कता अपनाइरहेको छ । काठमाडौं उत्यकाका (काठमाडौं, ललितपुर, भक्तपुर) तीन जिल्लासहित देशका विभिन्न जिल्ला र नगरमा लकडाउन तथा निषेधाज्ञा लागू गरिएको छ । दाङमा आज बिहानैदेखि लकडाउन सुरु भएको छ ।

सो लकडाउन वैशाख २५ गते राति १२ सम्म लागू हुनेछ । सुनसरीमा आज राति १२ देखि निषेधाज्ञा लागू हुँदैछ । पाल्पा र चितवनमा बिहीबार राति १२ बजेबाट निषेधाज्ञा लागू भएको छ । सल्यानमा वैशाख १९ देखि लागू हुनेगरी जेठ १ गतेसम्म १५ दिनका लागि निषेधाज्ञा जारी भएको छ । बाँके र सुर्खेतमा यसअघि नै निषेधाज्ञा लागू गरिएको छ ।

कास्की, कैलाली, पर्सा, कञ्चनपुर र रुपन्देहीमा बिहीबारदेखि निषेधाज्ञा जारी भइसकेको छ । कालिकोट, बागलुङ र बर्दियामा आंशिक आदेश जारी भइसकेको छ । गृहमन्त्रालयका अनुसार अहिलेसम्म १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञाको घोषणा भइसकेको छ ।

मन्त्रिपरिषद्ले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २ सय र काठमाडौं उपत्यका तथा तराईमा ५ सय सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको थियो ।

सोही आदेश अनुसार स्थानीय प्रशासनले कोभिड संक्रमणको अवस्था हेरेर पूर्ण र आशिंक निषेधाज्ञा जारी गरेका हुन् । छिमेकी मुलुक भारतमा कोरोनाको महा सुनामी आएको छ । खुला सीमा नाकाका कारण सो सुनामीको केही हिस्सा नेपाल भित्रिएकाले चिन्ता थपिएको छ ।

सीमा नाका हुँदै नेपाल पस्नेहरुका कारण कोरोनाले भयावह रुप लिने जोखिम बढेको छ । सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड नागरिकले पूर्ण रुपमा पालना नगर्दा अवस्था झनै बिग्रँदै गएको छ ।

सरकारले निषेधाज्ञा जारी भएका ठाउँमा अत्यावश्यक नपरेसम्म घरबाहिर ननिस्कन अपिल गरेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक–पटक अनुरोध गरिरहेको छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);