काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू

lockdown new

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनको आग्रह

काठमाडौं, ४ भदौ । उपत्यकामा निषेधाज्ञा लागू भएको छ । गएराति १२ बजेदेखि आगामी बुधबार राति १२ बजेसम्म उपत्यकका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको र सुरक्षाकर्मीको निर्णय बमोजिम निषेधाज्ञा लागू भएको हो ।

निषेधाज्ञा लागू भएसँगै आज बिहानैदेखि सडक सुनसान देखिएको छ भने चोक–चोकमा सुरक्षाकर्मी खटिएका छन् । अत्यावश्यक कामबाहेक हिँड्नेलाई प्रहरीले रोकेको छ । मर्निङवाकमा समेत ननिस्कन प्रहरीले आग्रह गर्दै माइकिङ गरिरहेको छ ।

अत्यावश्यक बाहेकका कामका लागि निस्किएको पाइए सुरक्षाकर्मीले संक्रमक रोग ऐन २०२० अनुसार कारबाही गर्ने बताएको छ । सार्वजनिक तथा निजी गाडी सडकमा देखिएका छैनन् भने अत्यावश्यक सेवा सुविधाका सवारी भने सडकमा देखिएका छन् । अत्यावश्यक सेवा तथा वस्तुबाहेकका सबै प्रकारका व्यापार, व्यवसाय खोल्न रोक लगाइएको छ ।

कोरोना संक्रमणको जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने व्यक्तिले आधिकारीक परिचयपत्रको आधारमा ओहोर–दोहोर गर्न पाउनेछन् ।

अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीका हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ देखि साढे १० सम्म र दिउँसो ३ देखि साढे ५ बजेसम्म आवागमन गर्न पाउने व्यवस्थासमेत गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);