निषेधाज्ञाको दोश्रो दिन भक्तपुरमा यस्तो देखियो (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निषेधाज्ञाको दोश्रो दिन भक्तपुरमा यस्तो देखियो (फोटो फिचर)

भक्तपुर । काठमाडौं उपत्यकामा हिजो बिहानबाट जारी भएको निषेधाज्ञा भक्तपुरमा पनि प्रभाव परेको छ । हिजो बिहान ६ बजेबाट लागू भएको निषेधाज्ञामा भक्तपुरका मूख्य बजार सुनसान छन् भने सडकमा सवारीसाधनको चाप अत्यन्तै न्यून रहेको छ ।

राजमार्ग तथा भित्री सडकहरुमा अत्यावश्यक सेवाका, बैंक तथा वित्तिय संस्थाका कर्माचारीको सवारी साधन, पास भएका सवारीसाधन, दैनिक उपभोग्य सामाग्री, दुग्धजन्य तथा ईन्धन बोकेका सवारी साधन बाहेक अन्यलाई प्रहरीले सडकमै केही समय रोकिराखेका थिए ।

उपत्यकामा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले हिजोबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । त्यसपछि पनि थप एक साता निषेधाज्ञा जारी गर्न मन्त्रिपरिषद्ले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको थियो ।

तर बिरामी छोडेर आएका गाडी समेत भक्तपुरको सल्लाघारीमा प्रहरीले रोकेको भन्दै चालकले गुनासो गरेका छन् ।

भक्तपुरका विभिन्न ठाउँमा बिहान ११ बजे अघि देखिएका दृश्यहरुः

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);