नागढुंगा नाकामा चेकजाँचमा कडाई | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

नागढुंगा नाकामा चेकजाँचमा कडाई

काठमाडौं, ४ भदौ । काठमाडौं उपत्यकामा एकहप्ते निषेधाज्ञा जारी भएसँगै उपत्यका छिर्ने नाकामा चेकजाँचमा कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले गएरातिबाट लागु हुनेगरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेसँगै नागढुंगा नाकामा चेकजाँचमा कडाई गरिएको हो ।

उपत्यका भित्रिने सवारीहरुमा प्रहरीले चेकजाँचमा निकै कडाई गरेको छ । नागढुंगगा नाकाबाट खाद्यान्न, फलफूल, औषधी, तरकारी र मासुजन्य सामग्री बाहेकका सवारी साधनलाई मात्रै उपत्यका भित्रिन दिइएको छ । एम्बुलेन्सहरु भने निर्वाध रुपमा उपत्यका भित्रिइरहेका छन । निर्माणजन्य सामग्री र अन्य सामग्री लिएर आएका सवारीहरुलाई नाकाबाटै फिर्ता पठाइएको छ ।

चेकजाँचमा कडाई भएपछि नागढुंगामा निकै लामो जाम देख्न सकिन्छ । उपत्यकाबाट बाहिर जाने सवारी न्यून मात्रामा भएपनि उपत्यका भित्रिने सवारीको संख्या अधिक रहेको छ । नाकामा सुरक्षाकर्मीहरुको उपस्थिति बाक्लो बनाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले गएरातिबाट लागु हुनेगरी निषेधाज्ञा गारी भएपनि उपत्यकाका सडक सुनसान देखिएका छन ।

सडकमा अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन चलेका छैनन् । औषधी र खाद्यान्नबाहेक अन्य पसल पनि खुलेका छैनन् । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका निषेधाज्ञा जारी गरिएको हो ।

आजमात्रै नेपालमा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा २ सय जना संक्रमित पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ७४ ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);