Our Network

असोज ६ २०७८, बुधवार

निषेधाज्ञाको दोस्रो दिनपनि उपत्यका सुनसान

काठमाडौं, ५ भदौ । कोरोना भाइरस (कोभिड—१९) संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञाको आज दोस्रो दिनपनि उपत्यका सुनसान देखिएको छ । एक हप्ताका लागि जारी भएको निषेधाज्ञाका कारण उपत्यकाका सडकहरु सुनसान देखिएका छन् ।

अत्यावश्यक बाहेकका सवारीहरु बन्द छन् । खाद्यान्न, तरकारी, फलफुल, खानेपानी, विद्युत सञ्चार लगायतका सवारी सञ्चालनमा रहेका छन । आजपनि प्रहरीले चेकजाँचमा कडाई गरेको छ । आज दोस्रो दिनपछि औषधि र खाद्यान्न बाहेकका अन्य पसल खुलेका छैनन । खाद्यान्नका पसलहरु पनि प्रहरीले विहानीको समयमा मात्रै खुला गर्न दिएको छ ।

सवारी साधन चलाउने र पैदलयात्रा गर्नेलाई प्रहरीले सोधखोज गरिरहेको छ । अत्यावश्यक काम बाहेक बाहिर निस्किनेलाई केही समय होल्डिङ सेन्टरमा राखेर छाड्ने गरिएको छ ।

प्रशासनले अनावश्यक काममा बाहिर ननिस्किन सबैलाई आग्रह गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएको हो ।

Leave a Reply