उपत्यकामा निषेधाज्ञाको आज १३ औं दिन, अत्यावश्यक बाहेक सबै सेवा ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

उपत्यकामा निषेधाज्ञाको आज १३ औं दिन, अत्यावश्यक बाहेक सबै सेवा ठप्प

काठमाडौं, १६ भदौ । काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञाको मंगलबार १३औं दिन पुगेको छ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौ,ललितपुर र भक्तपुरले भदौ ३ गते मध्यरात यता निषेधाज्ञा जारी गरेका हुन ।

पहिलो चरणमा भदौ ३ गतेदेखि १० गतेसम्म एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि दोस्रो पटक थप गरेर भदौ १७ गतेसम्म लम्व्याइएको छ । निषेधाज्ञाको तेहै दिनपनि उपत्यका सुनसान रहेको थियो । मानिसहरुले घरभित्रै बसेर निषेधाज्ञाको आदेश पालना गरेका छन ।

मंगलबार उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको आवागमन न्यून देखिएको थियो । सडकमा अत्यावस्यक सेवाका सवारी साधनहरु मात्रै चलेका थिए । स्वास्थ्य क्षेत्र, एम्बुलेन्स, खाद्य सामग्री, तरकारी, फलफुल, सञ्चार, सुरक्षाकर्मी,विद्युत, खानेपानी, बैंक लगायतका क्षेत्रका सवारीसाधन भने निर्वाधरुपमा सञ्चालन भएका थिए ।

निषेधाज्ञामा प्रहरीले मुल सडकका मुख्य–मुख्य चोकमा बसेर सवारीसाधनको चेकजाँचलाई कडाई गरेको छ । जारी निषेधाज्ञा अटेरी गर्ने क्रम बढेपछि प्रहरीले चेकजाँचलाई कडाई गरेको हो । प्रशासनले बिहान सवा नौ बजेसम्म अत्यावस्यक वस्तु, तरकारी खाद्यान्न लगायतका पसलहरु खोल्न अनुमति दिएको छ । तर दिउसो र साँझको समयमा भने कुनैपनि पसलहरु खुल्ने गरेका छैनन । निषेधाज्ञाका कारण जनजीवन भने प्रभावित भएको छ । भदौ १७ गते मध्यरातदेखि निषेधाज्ञाको अवधि सकिदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);