निषेधाज्ञाको नवौं दिन : सडकमा अत्यावश्यकबाहेकका सवारी आवागमन ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

निषेधाज्ञाको नवौं दिन : सडकमा अत्यावश्यकबाहेकका सवारी आवागमन ठप्प

काठमाडौं, १२ भदौ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञाको शुक्रबार नवौं दिन पुगेको छ । काठमाडौं उपत्यकामा कारोना संक्रमणको जोखिम बढ्दै गएपछि भदौ ३ गते मध्यरात देखि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका थिए ।

यस्तै बुधबार फेरी एक साताका लागि निषेधाज्ञा थप गरी भदौ १७ गते मध्यरात सम्मका लागि कायम गरेको छ । निषेधाज्ञाका कारण उपत्यकाका मूख्य सडकसँगै भित्रि सडकहरु पनि सुनसान रहेका छन् । अत्यावस्यक कामका लागि बाहेक मानिसहरु घर बाहिर निस्कन पाएका छैनन् ।

उपत्यकाका सडकमा सवारी आवागमन पनि निकै कम रहेको छ । प्रहरीले मुख्य सडकको चोकचोकमा सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ । शुक्रबार पनि सवारी साधनको आवागमन न्यून रहेको छ । सडकमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, खाद्यन्न ढुवानी, सञ्चार, बैंक, विद्युत, खानेपानी लगायत अत्यावस्यक सेवाका सवारी साधनहरु मात्रै सञ्चालनमा आएका छन् ।

भित्रि सडकमा पनि सवारी साधनको आवागमन कम रहेको छ भने अत्यावस्यक खाद्यान्न, दुध लगायतका पसलहरु बिहान ९ बजे सम्म खुलेका छन् । उपत्यकाका तीनवटै जिल्लाका प्रशासनले बिहान सवा ९ बजेसम्म खाद्यान्न लगायतका पसलहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

2 thoughts on “निषेधाज्ञाको नवौं दिन : सडकमा अत्यावश्यकबाहेकका सवारी आवागमन ठप्प

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);