निषेधाज्ञाको छैठौं दिन : शहर, बजार र सडक सुनसान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

निषेधाज्ञाको छैठौं दिन : शहर, बजार र सडक सुनसान

काठमाडौं, ९ भदौ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको निषेधाज्ञाको पाँचौ दिन मंगलबार पनि काठमाडौं उपत्यका सुनसान रहेको छ । संक्रमणको जोखिम बढ्दै गएपछि एक हप्ताका लागि जारी भएको निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका सवारी साधान सडकमा देखिएका छैनन् ।

बजार तथा पसलहरु बन्द रहेका छन् । एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल बोकेका सवारी सधान भने निर्वाध रुपमा सञ्चालनमा रहेका छन् । सडकमा प्रहरीले सवारी साधन र मानिसको आवत जावत चेकजाँचमा कडाई गरेको छ ।

उपत्यकामा प्रशाशनले अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध,दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु आदिको बिक्री बिहान सवा ९ बजेसम्म मात्रै गर्न पाइने निर्णय गरेको छ । बिहान आफू नजिकै र पायक पर्ने स्थनामा पुगेर सर्वसाधारणले तरकारी र खाद्यान्न खरीद गर्ने गरेका छन् ।

उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले गत बिहीबारदेखि निषेधाज्ञा लगाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);