निषेधाज्ञाको सातौै दिन पनि काठमाडौं उपत्यका सुनसान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

निषेधाज्ञाको सातौै दिन पनि काठमाडौं उपत्यका सुनसान

काठमाडाैं,१० भदाै । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको निषेधाज्ञाको सातौै दिन बुधबार पनि काठमाडौं उपत्यका सुनसान रह्यो ।

निषेधाज्ञाको सातौं दिनपनि उपत्यकामा अत्यावश्यक बाहेकका सवारी साधान सडकमा देखिएका थिएनन्। बजार तथा पसलहरु बन्द रहेका थिए।

एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल बोकेका सवारी सधान भने निर्वाध रुपमा सञ्चालनमा रहेका थिए ।

सडकमा प्रहरीले सवारी साधन र मानिसको आवत जावत चेकजाँचमा कडाई गरेको थियो ।उपत्यकामा प्रशाशनले अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध,दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु आदिको बिक्री बिहान सवा ९ बजेसम्म मात्रै गर्न पाइने निर्णय गरेको छ ।

बिहान आफू नजिकै र पायक पर्ने स्थनामा पुगेर सर्वसाधारणले तरकारी र खाद्यान्न खरीद गर्ने गरेका छन् । उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले भदौ ३ गतेबाट १ साताका पहिलो चरणको निषेधाज्ञा लगाएका थिए । तर उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि पुःन भदौ १७ गतेसम्मका लागि लकडाउन लम्व्याइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);