निषेधाज्ञाको आज पाँचौ दिनपनि काठमाडौं उपत्यका सुनसान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

निषेधाज्ञाको आज पाँचौ दिनपनि काठमाडौं उपत्यका सुनसान


काठमाडाैं,८ भदाै । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको निषेधाज्ञाको पाँचौ दिन सोमबार पनि काठमाडौं उपत्यका सुनसान रह्यो ।

संक्रमणको जोखिम बढ्दै गएपछि एक हप्ताका लागि जारी भएको निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका सवारी साधान सडकमा देखिएका थिएनन्। एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल बोकेका सवारी सधान भने निर्वाध रुपमा सञ्चालनमा रहेका थिए ।

सडकमा प्रहरीले सवारी साधन र मानिसको आवत जावत चेकजाँचमा कडाई गरेको थियो । प्रशासनले अनावश्यक काममा बाहिर ननिस्किन सबैलाई आग्रह गरेको छ ।

उपत्यकामा प्रशाशनले अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध,दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु आदिको बिक्री बिहान सवा ९ बजेसम्म मात्रै गर्न पाइने निर्णय गरेको छ । उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले गत बिहीबारदेखि निषेधाज्ञा लगाएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);