स्वास्थ्यकर्मी,सुरक्षाकर्मीलाई सहयोग गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

स्वास्थ्यकर्मी,सुरक्षाकर्मीलाई सहयोग गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

Rastriya-manab-adhikar-aayog

काठमाडाैं,८ भदाै । राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरुलाई सहयोग र प्रोत्साहन गर्न आग्रह गरेको छ । आयोगले सोमबार एक विज्ञप्तिमा जारी गर्दै काठमाडौँ, चितवनलगायत देशका विभिन्न जिल्लाहरुमा कारोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि छिमेकी तथा टोलबासीहरुबाट भएको धम्की तथा अमानवीय व्यवहारका घटनाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाहरुमा लागू गरिएको निषेधाज्ञाको अवस्थामा आयोगबाट अनुगमन भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

अनुगमनका क्रममा उपचारमा खटिइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट संक्रमण फैलाउन सक्ने भन्दै उनीहरु बसेको घरमा स्थानीय तथा छरछिमेकीले घेराहाली धम्की तथा दुव्र्यवहार गरेको पाइएको विज्ञप्तिमा जनाइएको छ ।

कोरोनाको रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही नागरिकको जीवन रक्षाको लागि कार्य गर्ने स्वास्थ्यकर्मीहरुमाथि नै भएको दुव्र्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्नसक्ने प्रति पनि आयोगले सचेत गराएको छ । आयोगले स्वास्थयकर्मीप्रति सहयोग र सम्मानजनक व्यवहार गर्दै नागरिकको कर्तव्य पालना गर्न समेत आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);