महरा काण्डको अनुसन्धान गर्न मानव अधिकार आयोगद्वारा समिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महरा काण्डको अनुसन्धान गर्न मानव अधिकार आयोगद्वारा समिति गठन

mahara_pakrau

काठमाडौं, १७ असोज । राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन सभामुख कृष्णबहादुर महराबाट संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार भएको भनिएको घटनाको अनुसन्धान गर्न तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गरी गत असोज १२ गते राति भएको घटनाको अनुसन्धान गर्न आयोगका निर्देशकको नेतृत्वमा समिति गठन गरेको जनाएको छ ।

आयोगका सचिव एवं प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा समिति सदस्यको नाम भने खुलाइएको छैन । आयोगले विज्ञप्तिमा शुक्रबार नै नेपाल प्रहरीलाई पत्राचार गरी घटनाका सम्बन्धमा हालसम्म गरेका कामकारबाही तथा पीडित र सम्बन्धित पत्रकारको सुरक्षा सम्बन्धमा भएका व्यवस्थाबारे जानकारी माग गरिएको समेत जनाएको छ ।

आयोगले घटना भएकै दिनदेखिका सञ्चार सूचनाको अनुगमन गरिरहेको समेत उल्लेख गरेको छ । यसअघि महिला तथा मानवअधिकारका क्षेत्रमा क्रियाशील १७ वटा सामाजिक संघसंस्थाले घटना छानबिन गर्न मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगलाई ध्यानाकर्षण गराएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);