शुक्रवारसम्म १६ लाख बढी सर्वसाधारणले उपत्यका छाडे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शुक्रवारसम्म १६ लाख बढी सर्वसाधारणले उपत्यका छाडे

राजधानी काठमाडौं सुनसान बन्दै

रामनिवास यादव
काठमाडौं, १७ असोज । दशैं मनाउन अहिलेसम्म १६ लाख बढी सर्बसाधारणले उपत्यका छाडेका छन् । असोज ५ गतेदेखि उपत्यकाका विभिन्न नाकाबाट १६ लाखबढी यात्रुहरु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

दशैंको विदा सुरु हुने भएकोले शुक्रबार उपत्यका छाड्नेको संख्या निकै बढको छ । शुक्रबार दिउँसोसम्ममा कलंकी नाकाबाट दशलाख जति यात्रुहरु उपत्यकाबाट बाहिर गइसकेको नाकामा खटिएका ट्राफिक प्रहरीको भनाइ छ ।

वर्षभरि कामको क्रममा उपत्यकामा बस्ने भएपनि दशैं मनाउनका लागि आ–आफ्नो घर जाने गर्दछन् । यसबेला मान्यजनबाट टिका लगाएर आशिर्वाद थाप्न र परिवारसंग भेटघाटका लागि आ–आफ्नो घर पुग्न सबै आतुर नै हुन्छन् ।

यात्राको जोखिम मोलेर, बढी भाडा तिरेरै भएपनि सबैलाई घर पुग्नु परेको हुन्छ । ट्राफिक प्रहरी भने यस्तो अवस्थामा यात्रुको सुरक्षाका लागि सजग छ ।

घर जाने हतारोमा बस पर्खिरहका यात्रुहरुको चाप पनि उत्तिकै छ । व्यवस्थापनको कमजोरीले टिकट नपाइने, पाएपनि एउटै सिटमा २ भन्दाबढी यात्रुका लागि टिकट काटिएको यात्रुहरुको गुनासो छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);