दशैं मनाउन काठमाडौं उपत्यकाबाट करिब २३ लाख मानिस बाहिरिए, सँधै भीडभाड हुने उपत्यका सडक र बजार सुनसान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फूलमाया आले, काठमाडौं, १३ असोज ।  यतीबेला राजधानीका सडक सुनसान देखिएका छन् । विभिन्न कामको सिलसिलामा काठमाडौं उपत्यका आई बसोबास गरिरहेकाहरु आ–आफ्नो थाकथलो पर्किएपछि काठमाडौं उपत्यका सुनसान भएको हो । सवारी चाप घटेसँगै ट्रफिक व्यवस्थापनमासमेत सहज भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको सडकमा छिटफुट नीजि सवारी साधन सञ्चालन भएपनि सार्वजनिक सवारीका साधन न्युन मात्रामा चलेका छन् । अधिकांश दशै मनाउन राजधानी बाहिर जानु र राजधानीमै बसेका पनि आ–आफ्ना घरमा पारिवारिक जमघटमा बसेपछि सडक सुनसान बनेका हुन् । सधै व्यस्त रहने राजधानीका मुख्य बजार न्युरोड, असन, घण्टाघर, रत्नपार्क पुतली सडक, बागबजार, बानेश्वर दरबारमार्ग लगायत स्थान सुनसान छन् । दशैं मनाउन करिब २२ लाख ९८ हजार मानिस उपत्यका बाहिर गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सवारी चाप घटेसँगै ट्रफिक व्यवस्थापनमासमेत सहज भएको छ ।

संधै यातायात व्यवस्थापनका लागि सडकमा खटिने ट्राफिक प्रहरी मन्दिर तथा किनमेल गर्ने बजार क्षेत्रमा खटिएका छन् ।
बाहिरी जिल्लाबाट आई उपत्यकामा बसोबास गरिरहेकाहरु आ–आफ्नो थाकथलो फर्किएपछि उपत्यकाका मुख्य बजार, सडक चोक सुनसान छ ।
दशैंको बेला सवारी चाप घट्नुका साथै मानिसहरु कम भएपछि प्राय क्षेत्र सुनसान हुने गर्छ ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);