राजधानी काठमाण्डौका सडक सुनसान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौं, १३ असोज । राजधानी काठमाण्डौलाई कार्यस्थल बनाएर बसेकाहरु दशै मनाउन घर फर्के संगै राजधानीका सडक सुनसान बनेका छन् ।

वडा दशैको अघिल्लो दिन महानवमीका दिन शुक्रबार राजधानीका मुख्य सडक नै सुनसान बनेका हुन् । छिटफुट रुपमा निजी सवारी साधन संचालन भएपनि सार्वजनिक यातायात ठप्प छन् । अधिकांश दशै मनाउन राजधानी बाहिर जानु र राजधानीमै बसेका पनि आ आफ्ना घरमा पारिवारिक जमघटमा बसेपछि सडक सुनसान बनेका हुन् ।

त्यसैगरी सधै व्यस्त रहने राजधानीका मुख्य बजार न्युरोड, असन, घण्टाघर, रत्नपार्क पुतली सडक, बागबजार, बानेश्वर दरबारमार्ग लगायत स्थान पनि सुनसान छन् । राजधानीमा आई अध्ययन तथा विभिन्न पेशा व्यवसाय गर्दै आएको झण्डै २८ लाख मानिस राजधानी बाट दशै मनाउन बाहिर गएको अनुमान गरिन्छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);