गायक बासुदेव मुनालको ६८ वर्षको उमेरमा निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौं, १३ असोज ।  रेडियो प्रस्तोता एवम् गायक बासुदेव मुनालको ६८ वर्षको उमेरमा निधन भएको छ ।

उनी घाँटीको क्यान्सर रोगबाट पीडित थिए । भक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ मुनालको निधन भएको जानकरी दिइएको हो ।

विक्रम संवत् २००६ सालमा बिराटनगरमा जन्मिएका मुनालले रेडियो नेपालमा करिब ४ दशक काम गरेका थियो । रेडियो नेपालको बाल कार्यक्रमको प्रस्तुतीले उनलाई निकै चर्चित बनायो । उनले थुप्रै लोक शैलीका गीतहरु पनि गाएका छन् ।

लालुपाते फुलेर लाल भयो, झमझम इस्टकोट लगायतका धेरै गीतहरु चर्चित छन् । ६ वर्ष अघि मस्तिष्कघात भएपछि बासुदेव मुनालले रेडियो नेपालबाट अवकास लिएका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);