भारतीय गजल गायक भुपिन्दरको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

भारतीय गजल गायक भुपिन्दरको निधन

मुम्बई। बलिउडका दिग्गज गजल गायक भुपिन्दर सिंहको सोमबार बिहान निधन भएको छ । उनको निधनको खबरले बलिउडमा शोक छाएको छ । भुपिन्दरको निधनको जानकारी उनकी श्रीमती मिताली सिंहले दिएकी हुन् ।

‘उहाँ केही समयदेखि स्वास्थ्य सम्बन्धी समस्यासँग जुधिरहेका थिए । साथै उहाँलाई युरिनरी इशूज पनि भएको थियो’, मितालीले भनेकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुपिन्दरको निधनमा शोक व्यक्त गरेका छन् ।भुपिन्दरको जन्म ६ फेब्रुअरी, १९४० मा पञ्जाबको अमृतसरमा भएको थियो । उनले गायकीको सुरुवाती शिक्षा आफ्नो पिता नाथा सिंहबाट प्राप्त गरेका थिए । उनले आफ्नो करियरको सुरवात अल इण्डिया रेडियो दिल्लीबाट गरेका थिए ।यसपछि उनले दिल्लीस्थित दूरदर्शनमा पनि काम गरे । उनलाई मदन मोहनले फिल्म ‘हकिकत’मा मोहम्मद रफीसँग ‘होके मजबूर मुझे उसने बुलाया होगा’ गीतमा सहकार्य गरेका थिए । तर यो गीतले खासै पहिचान बनाउन सकेनन्।त्यसपछि सन् १९७८ मा रिलिज फिल्म ‘वो जो शहर था’ले उनलाई लोकप्रिय बनायो । यो फिल्मपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् । उनले गाएका गीतहरु ‘होके मजबुर मुझे’, ‘दिल ढूँढता हे’, ‘दुकी पे दुकी हो या सत्ते पे सत्ता’लोकप्रिय छन् । ८२ वर्षे गायकले ‘मौसम’, ‘सत्ते पे सत्ता’, ‘अहिस्ता अहिस्ता’, ‘दूरियाँ’, ‘हकीकत’लगायतका चर्चित फिल्ममा स्वर दिएका थिए । उनको अन्तिम संस्कार मंगलबार दिउँसो साढे ११ बजे ओशिवरा मसानघाटमा गरिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);