जनवादी गायक जेबी टुहुरेको निधनप्रति प्रधानमन्त्री देउवाद्धारा शोक व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

जनवादी गायक जेबी टुहुरेको निधनप्रति प्रधानमन्त्री देउवाद्धारा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गायक जुठबहादुर खड्गी जेबी टुहुरेको निधनप्रति शोक व्यक्त गरेका छन् ।

जनवादी गायक जेवी टुहुरेको निधनको खबरले स्तब्ध बनाएको प्रधानमन्त्री देउवाले बताएका छन् । गायक टुहुरेको बिहीबार ७८ वर्षको उमेरमा निधन भएको थियो ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल मार्फत् उनको निधनप्रति दुख व्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना तथा परिवारजनमा समवेदना समेत व्यक्त गरेका छन् ।

उनले लेखेका छन्–‘‘कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खवरले निकै स्तव्ध भएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’’

त्यसैगरी नयाँ दर्ता भएको दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि उनको मृत्युको खबरले स्तब्ध बनाएको भन्दै सामाजिक सञ्जालमार्फत् शोक व्यक्त गरेका छन् ।

त्यसतै, नेकपा एमालेका नेताहरु योगेश भट्टराई, राजन भट्टराई लगायतका नेताहरुले पनि गायक टुहुरेको निधनप्रति शोक व्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);