स्मार्ट कृषि गाउँ कार्यक्रमले स्मार्ट बन्दै किसान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

स्मार्ट कृषि गाउँ कार्यक्रमले स्मार्ट बन्दै किसान

विकास डाँगी,
दाङ
। दाङमा विभिन्न स्थानीयतहमा लुम्बिनी प्रदेश र स्थानीय सरकारको सहकार्यमा स्मार्ट कृषि कार्यक्रमहरु लागू भएका छन् । गाउँमा स्मार्ट कृषि कार्यक्रम लागू भएपछि किसानहरु पनि धेरै खुशी भएको पाइन्छ । तुलसीपुर १८ अक्कासीमा पनि स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएको छ ।

कार्यक्रम लागू भएपछि गाउँमा पशु पालनतर्फ किसानहरुको आषर्कण बढ्दो रहेको छ । कार्यक्रमले खोर निर्माण, बिमा, उपचारको लागि पनि नि:शुल्क ब्यवस्था गरिदिएपछि अहिले किसानहरु धेरै खुशी भएको किसान भिमा वली बताउँछन् । ‘स्मार्ट कृषि कार्यक्रम आयपछि गाई वस्तु विमारी हुँदा उपचार पनि निशूल्क पाउन थालिएको छ’, उनले भने ।’

अक्कासीमा कार्यक्रम गत वर्षदेखि लागू भएको कार्यक्रम संयोजक टोप बहादुर वलीले बताए । उनका अनुसार कार्यक्रमले गाउँमा ३० वटा बाख्राको खोर र २६ वटा वंगुरको खोर बनाउन सहयोग गरेको छ । प्रदेश र स्थानीय सरकारको सहयोगमा यो कार्यक्रम लागू भएको हो ।

यता प्रदेश सरकारले मात्र नभइ स्थानीय सरकारले पनि कृषि क्षेत्रमा धेरै काम गर्दै आइरहेको तुलसीपुर उपमहानगरपालिका दाङका प्रमुख कृषि अधिकृत धनराज गौतमले बताए । ‘उपमहानगरले तरकारी खेतीमा आत्मनिर्भर बन्ने अवस्था रहेको छ ।’ उनले भने ।

पछिल्लो समय प्रविधिसँगै कृषि क्षेत्रमा लाग्नेहरु धेरै रहेका छन् । तर, कृषिका लागि राज्यले किसानहरुलाई अनुदान पनि दिँदै आएको पाइन्छ । बास्तविक किसान भन्दा पनि पहुँचका भरमा अनुदान दिँदा धेरै किसान मारमा परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);