रुपन्देहीको देवदहबाट स्मार्ट कृषि गाउँको सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रुपन्देहीको देवदहबाट स्मार्ट कृषि गाउँको सुरुवात

बुटवल, २२ माघ । प्रदेश ५ को ५२ वटा निर्वाचन क्षेत्रमा लागू हुने स्मार्ट कृषि गाउँ रुपन्देहीको देवदहबाट सुरु भएको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार विरुवा रोपेर स्मार्ट कृषि गाउँको सुभारम्भ गरेका हुन् ।

प्रदेशसभा सदस्य डाक्टर कृष्ण न्यौपानेको योजना अनुसार देवदह नगरपालिका ९ घोडाह बुद्ध नगरबाट स्मार्ट कृषि गाउँको सुभारम्भ गरिएको हो । स्मार्ट कृषि गाउँको शुभारम्भ गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले माटोले के उत्पादन दिन्छ र बजारले के लिन्छ ? भन्ने मुख्य कुरालाई ध्यानमा राखेर उत्पादन गरेमा कुनै पनि किसान निरास हुनु नपर्ने बताए ।

मुख्यमन्त्री पोखरेलले नयाँ पुस्तालाई कृषि कर्म सिकाउनको लागि पनि स्मार्ट कृषि गाउँको अवधारणा प्रदेश सरकारले ल्याएको जानकारी दिए ।

सुरुवाती चरणमा छनौट भएको गाउँको माटो परिक्षणदेखि लिएर, के कस्तो उत्पादन गर्न सकिन्छ भन्ने विषयमा लगानी गरिने मन्त्रालयले जनाएको छ । नमुनाको रुपमा सुरुवात गरिएको यस गाउँबाट अन्य किसानहरुको लागि समेत सिक्ने थलोको रुपमा विकास हुने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);