स्पाई थ्रिलर फिल्ममा शाहरुखको नजर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

स्पाई थ्रिलर फिल्ममा शाहरुखको नजर

काठमाडौं। बलिउडमा हालैमात्र ३० वर्ष पूरा गरेका अभिनेता शाहरुख खान हाल चार फिल्ममा काम गरिरहेका छन् । जसमा ‘पठान’, ‘टाइगर ३’, ‘डंकी’ र ‘जवान’ छन् । बलिउडको व्यापार विश्लेषक तथा बलिउडको विकास दरलाई नजिकबाट नियालिरहेका विज्ञहरुले हालैमात्र शाहरुखको आगामी रणनीतिका बारेमा नयाँ जानकारी दिएका छन् ।उनीहरूका अनुसार शाहरुख यतिबेला धेरै लेखक तथा निर्देशकको सम्पर्कमा छन् । यद्यपि उनी हाल छायांकनरत फिल्मको काम फाइनल गर्न केन्द्रीत छन् । यी फिल्मको काम सकिएपछि उनको सम्पर्कमा रहेका निर्देशकको फिल्मलाई ‘हरियो झन्डा’ देखाउने सोच शाहरुखको छ ।शाहरुख र निर्माताहरूलाई ‘पठान’बाट ठूलो आशा छ । यो फिल्म आगामी वर्ष रिलिज हुँदैछ । यसै वर्षको अक्टोबरबाट शाहरुखले यो फिल्मको आक्रामक रुपमा प्रमोसन गर्दैछन् ।शाहरुख स्पाई थ्रिलर फिल्ममा अभिनयलाई केन्द्रीत गरिरहेका छन् । उनी सलमान खानका साथ २७ वर्षपछि पुनरागमन गर्न लागेको एक प्रोजेक्टमा व्यस्त छन् । उनी निकट स्रोतले यसको कारण पनि बताएका छन् । आदित्य चोपडाको भिजनबाट प्रभावित भएकै कारण शाहरुखको स्पाई थ्रिलर फिल्मप्रति लगाव बढेको हो। हाल नयाँ फिल्मको स्क्रिप्टको काम गरिरहेकाले निर्देशन कसले गर्ने र फिल्मलाई ‘लार्जर देन लाइफ’ या ‘स्लाइस अफ लाइफ’ कुन विधामा लाने भन्ने निक्र्योल भएको छैन ।

हाल आदित्य चोपडा स्पाईस युनिभर्सको फिल्ममा केन्द्रीत छन् । यसलाई उनी आगामी वर्षबाट सुरु गर्दैछन् । फिल्ममा उनी ‘पठान’, ‘टाइगर ३’ र ‘वार’ बाट शाहरुख, सलमान र ऋतिक रोशनको भूमिकालाई सामेल गराउनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);