जलिरहेको घरबाट पिज्जा डेलिभरी म्यानले गरे ५ बालबालिकाको उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जलिरहेको घरबाट पिज्जा डेलिभरी म्यानले गरे ५ बालबालिकाको उद्धार

fire

न्युयोर्क।अमेरिकामा एक २५ वर्षीय पिज्जा डेलिभरी म्यानले भर्खरै आफ्नो ज्यान जोखिममा पारेर दुई बालबालिका र तीन किशोरकिशोरीलाई इन्डियानाको एउटा जलिरहेको घरबाट बचाएका छन् । लाफेएट पुलिस विभागका अनुसार जलिरहेको घर देखेपछि निकोलस बोस्टिकले गाडि रोकेका थिए । जलिरहेको घरभित्र पसरे उनले १८ वर्षीय किशोर र चार युवाहरूलाई सुरक्षित स्थानमा राखेका थिए ।उक्त घटना यो घटना जुलाई ११ मा इन्डियानाको लाफेएटमा भएको थियो । प्रहरी अधिकारीको शरीरमा जडान गरिएको क्यामेरामा कैद गरिएको भिडियोमा बोस्टिक बच्चा बोकेर जलिरहेको घरबाट बाहिर निस्किरहेको देखिन्छन् । आगलागी हुँदा अग्नि नियन्त्रकले गर्ने पहिलो कदम ती युवाबाट भएको थियो ।बोस्टिकले १, ६, १३ र १८  वर्षका चार दाजुबैनी र सुतिरहेका एक १३ वर्षीयलाई बचाएको एक प्रेस नोटमा पुलिस विभागले जनाएको छ । उनी पछाडिको ढोकामा दौडे र माथिल्लो तलामा पुगेर केही युवाहरूलाई बाहिर निकालेका थिए ।

पिज्जा डेलिभरी म्यानले जलिरहेको घरबाट गरे ५ बालबालिकाको उद्धार गरेपछि सामाजिक सञ्जालमा उनको वाहवाही सुरु भएको छ । धेरैले उनलाई वास्तविक हिरो भनेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);