गरिबीले रित्तिएको कोख | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

गरिबीले रित्तिएको कोख

ropla ritiyeko kokh

रोल्पा, २७ असार । लुंग्री खोला किनारमा दुई छोराको शव जलिरहँदा एक तमासले हेरिरहेकी थिइन् थवाङ गाउँपालिका–५, उवाकी ६१ वर्षीया धनपुरी रोकामगर। गत शुक्रबार मुस्ताङमा भएको टिपर दुर्घटनामा चार सन्तान एकैपटक गुमाएकी धनपुरीका २ छोराको शव सोमबार रोल्पा लुंग्री खोला किनारमा जलिरहँदा अर्का एक छोरा र छोरीको शव दाङस्थित राप्ती नदी किनारमा जल्दै थिए। २१ वर्षीया लीला पतिको जलिरहेको चिता हेर्दै भक्कानिँदै थिइन् । मलामीको पनि बक फुटिरहेको थिएन।

धनपुरी घोप्टो परेर पीडा छोप्ने प्रयासमा थिइन् । दुर्घटनाको चार दिनपछि छोराछोरीको शव खोज्दै पति, बुहारी, नाति, आफन्त र छिमेकीको सहयोगमा जिल्ला अस्पताल रोल्पा पुगेकी धनपुरी दिनभरजसो निशब्द रहिन । नेपाली भाषा राम्रोसँग बोल्न र बुझ्न नसक्ने धनपुरी दुई छोराको गनाउने भएका शव बोकेर सुलिचौर पुगिन र आफन्तको सहयोगमा अन्त्येष्टि गरिन्।

एउटै घटनामा मृत्यु भएका धनपुरीका छोराहरू थबाङ–५, उवाका २३ वर्षीय राष्टे रोका, १९ वर्षीय महेश रोका तथा उनको पहिलेको श्रीमान्की नातिनी २० वर्षीया सिर्जना रोकामगर र उनको छिमेकी थबाङ–१ का २८ वर्षीय सुकमान रोकालाई लहरै चिता बनाएर सोमबार लुंग्रीमा अन्त्येष्टि गरिएको हो। मुस्ताङ टिपर दुर्घटनामा मृत्यु भएका ३५ वर्षीय कमानसिंह रोका धनपुरीका पहिलेको श्रीमान्का छोरा हुन् । उनी कपिलबस्तु बसाइँ सरेका थिए ।

त्यस्तै उनका छोरा राष्टे, महेश र दाङ घर भएकी छोरी कर्मजिता भनिने कविताको दुर्घटनामा मृत्यु भएको हो । धनपुरीका पतिकी अर्की पत्नी (जेठी) कि छोरी ३१ वर्षीया जितमाया र ३६ वर्षीय ज्वाईं मौसम घर्ती, जेठा छोरा कुमारकी २० वर्षीया छोरी सिर्जना रोकाको पनि सोही दुर्घटनामा मृत्यु भएको थियो । यसरी एकै परिवारका ७ जनाको एउटै दुर्घनामा मृत्यु भएपछि गाउँमै सन्नाटा छाएको छ ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);