शाहरुखको ‘जवान’मा अल्लु अर्जुनको एन्ट्री हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

शाहरुखको ‘जवान’मा अल्लु अर्जुनको एन्ट्री हुने

एजेन्सी । पठानको सफलतापछि निर्माता शाहरुख खानको अर्को फिल्म जवानको प्रतिक्षामा छन् । अहिले साउथ सुपरस्टार अल्लु अर्जुन पनि किंग खानको यो फिल्मको हिस्सा बन्न सक्ने खबर आइरहेको छ । तर, अहिलेसम्म यसबारे निर्माण पक्षबाट कुनै पुष्टि भएको छैन ।

इन्डिया टुडेको रिपोर्टको अनुसार निर्माताहरूले अर्जुनलाई केमियोको लागि सम्पर्क गरेका छन्, यदि स्थिति राम्रो भयो भने उनले जवानबाट बलिउडमा डेब्यू गर्नेछन्। यति मात्र होइन, फिल्ममा उनको क्यामियो निकै महत्वपूर्ण हुनसक्ने बताइएको छ ।

यो खबर सार्वजनिक भएपछि शाहरुख र अल्लु अर्जुनका फ्यानहरुको उत्साह बढेको छ । ठूलो पर्दामा दुवैको सहकार्यले बक्स अफिसमा धेरै रेकर्ड तोड्न सक्छ । दक्षिण निर्देशक एटली कुमारको यो एक्शन थ्रिलर फिल्ममा धेरै दक्षिण भारतीय सेलिब्रेटीहरूले मुख्य भूमिका खेल्नेछन् । जवानमा शाहरुखका साथै नयनतारा, प्रियमणि र विजय सेतुपति मुख्य भूमिकामा देखिनेछन् ।

अल्लु अर्जुन अहिले फिल्म ‘पुष्पाः द रुल’ को सुटिङमा व्यस्त छन् । फिल्मलाई दक्षिण भारतीय चर्चित निर्देशक सुकुमारले निर्देशन गरेका हुन् । पुष्पः द रुलमा रश्मिका मन्डन्ना, फहाद फाजिल, रश्मिका मन्डन्ना, सुनील र अनसूया भारद्वाज पनि मुख्य भूमिकामा देखिनेछन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);