सैफ अलीदेखि अमिताभसम्म बलिउडका शक्तिशाली यी फिल्म, स्टारहरूको वास्तविक घरमा खिचिएका थिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सैफ अलीदेखि अमिताभसम्म बलिउडका शक्तिशाली यी फिल्म, स्टारहरूको वास्तविक घरमा खिचिएका थिए

एजेन्सी, ३१ जेठ । बलिउडमा बनेका धेरै फिल्मको सुटिङ आलिशान घरमा भएको छ । यी मध्ये केही घरहरू उद्योगका लोकप्रिय सुपरस्टारहरूको छन्।

वीर जरा – यो लिस्टमा पहिलो नाम सैफ अली खानको छ। जसले आफ्नो पटौदी प्यालेस शाहरुख खान र प्रीति जिन्टाको फिल्म ‘वीर जारा’का लागि भाडामा दिएका थिए । फिल्ममा प्रीतिको घर पाकिस्तानमा बनाइएको थियो ।

रंग दे बसन्ती – यस बाहेक आमिर खानको सुपरहिट फिल्म ‘रंग दे बसंती’ को पनि पटौदी प्यालेसमा छायांकन गरिएको थियो । अभिनेताको यो फिल्म निकै हिट भयो ।

फ्यान – शाहरुख खानको फिल्म ‘फ्यान’का धेरै दृश्य अभिनेताको घर ‘मन्नत’ मा सुटिङ गरिएको छ । तर, अभिनेताको यो फिल्मले फ्यानलाई खासै प्रभावित पार्न सकेन ।

बजरंगी भाइजान – सलमान खानको यो ब्लकबस्टर फिल्मका धेरै दृश्यहरू अभिनेताको पनवेल फार्महाउसमा शूट गरिएको थियो। यो फिल्ममा उनको साथमा करिना कपुर खान पनि थिइन् ।

सञ्जय दत्त– अभिनेता सञ्जय दत्तको वास्तविक जीवनमा बनेको फिल्म ‘सञ्जु’ सबैले हेर्नुभएको होला । यस फिल्मको धेरै भाग सञ्जयको रियल हाउसमा खिचिएको थियो । फिल्ममा रणवीर कपुरले सञ्जुको भूमिका निभाएका थिए ।

की एन्ड का – अर्जुन कपूर र करिना कपूर खानको फिल्म ’की एन्ड का’ को एक दृश्य जसमा अमिताभ बच्चन र जया बच्चन देखिन्छन्। यो दृश्य बिग बीको घर जलसामा खिचिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);