आदिपुरुष VFX को लागत करोडौं,सिमित प्रविधिमा ३६ वर्षअघि रामायण छायांकन कसरी गरियो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आदिपुरुष VFX को लागत करोडौं,सिमित प्रविधिमा ३६ वर्षअघि रामायण छायांकन कसरी गरियो ?

एजेन्सी, ३१ जेठ । प्रभास, कृति सेनन र सैफ अली खान स्टारर फिल्म ’आदिपुरुष’ जुन १६ मा सिनेमाघरमा रिलिज हुँदैछ। यो फिल्म ७ सय करोडको बजेटमा बनेको बताइएको छ । यस फिल्ममा उत्कृष्ट भिएफएक्स प्रयोग गरिएको छ, जसमा करोडौं रुपैयाँ खर्च गरिएको छ। फिल्मको ट्रेलर रिलिज भएपछि दर्शकले फिल्मको भिएफएक्सको गुणस्तरमा पनि प्रश्न उठाएका छन् । यसपछि फिल्मका निर्माताहरूले भिएफएक्स फिक्स गर्न थप १०० करोड खर्च गर्ने खबर आएको थियो ।

आदिपुरुष रामायणमा आधारित छ, जसमा प्रभास भगवान राम, कृति माता सीता र सैफ रावणको भूमिकामा देखिनेछन्। सन् १९८० को दशकमा रामानन्द सागरको रामायण सानो पर्दामा निकै हिट साबित भएको थियो । त्यतिबेला प्रविधि पनि त्यति उन्नत थिएन र शोको बजेट पनि निकै कम थियो । यसका बावजुद, यो शो यसको बलियो स्टार कास्टका कारण मानिसहरू माझ धेरै लोकप्रिय भयो । जसमा प्रभु श्रीरामको भूमिकामा अरुण गोभिल, लक्ष्मणको भूमिकामा सुनिल लाहिरी र माता सीताको भूमिकामा दीपिका चिखलिया थिइन् ।

रामायणका दृश्यहरू कसरी खिचिएका थिए ?
अहिले आदिपुरुषको उत्कृष्ट भिएफएक्स देखेर मानिसहरू सोचिरहेका छन् कि ८० को दशकमा शोका निर्माताहरूले कसरी खाह प्रयोग गर्थे होलान् ? रामायणका युद्ध दृश्यहरू कसरी खिचिन्थ्यो होला ?

आजतकसँग कुरा गर्दै रामानन्द सागरका छोरा प्रेमसागरले प्रविधिको अभावमा जुगाड प्रयोग गरेर शोका दृश्यहरू खिचिएको बताए । उनले सुटिङका क्रममा धेरै ट्रिक प्रयोग गरेको बताए । बिहान दृश्य खिच्ने हो भने दाउरा जलाएर निस्कने धुवाँलाई कुहिरो देखाइन्थ्यो ।

भगवान शिवको दृश्यका लागि ब्याकग्राउन्डमा स्क्रिन राखिएको थियो, जसमा विभिन्न ग्रहहरूको स्लाइड शो देखाइएको प्रेमले बताए । विशेष प्रभाव जेनेरेटर (क्भ्न् द्दण्ण्ण्) को सहयोगमा युद्धस्थलमा तीर उड्ने र बिजुली चम्किने दृश्य खिचिएको उनले बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);