प्रभासको ‘आदिपुरुष’ को नयाँ पोस्टर रिलिज, लुक देखेर फ्यान छक्क | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रभासको ‘आदिपुरुष’ को नयाँ पोस्टर रिलिज, लुक देखेर फ्यान छक्क

नयाँ दिल्ली, १७ चैत्र । पछिल्लो समय आगामी फिल्म ‘आदिपुरुष’ लाई लिएर अभिनेता प्रभास चर्चामा छन् । यस फिल्ममा प्रभाससँगै कृति सेनन र सैफ अली खान मुख्य भूमिकामा देखिनेछन् ।
‘आदिपुरुष’ को पोस्टर यसअघि पनि रिलिज भइसकेका छन् तर त्यसका कारण प्रभास र निर्माता दुवैलाई सामाजिक सञ्जालमा चर्को ट्रोलिङको सामना गर्नु परेको थियो । अब रामनवमीको शुभ अवसर पारेर प्रभासले आफ्नो आगामी फिल्म ‘आदिपुरुष’ को नयाँ पोस्टर सार्वजनिक गरेका छन्, जसलाई देखेर सामाजिक सञ्जालका प्रयोगकर्ताहरू छक्क परेका छन् ।

प्रभासले यसअघि नै आफ्नो इन्स्टाग्राममा आफ्नो बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को नयाँ पोस्टर सार्वजनिक गरिसकेका छन् र फिल्मको रिलिज मिति पनि सार्वजनिक गरेका छन् । यो नयाँ पोस्टरमा प्रभास भगवान रामको रुपमा देखिएका छन् । यससँगै माता सीताको भूमिका निर्वाह गरिरहेकी कृति सेनन पनि उनको छेउमा उभिएकी छिन्, उनी साधारण सारी र सल लगाएकी देखिएकी छिन् । यस बाहेक धनुष र बाणको साथ लक्ष्मणको भूमिका निभाइरहेका सन्नी सिंह पनि यस लुकमा निकै कूल छन् । यो नयाँ पोस्टरमा हनुमान पनि देखाइएको छ। यस विशेष तरिकामा प्रभासले रामनवमीको अवसरमा फ्यानहरूलाई बधाई दिएका छन्

प्रभासले बिहान सबेरै यो पोस्टर रिलिज गर्दै आफ्ना प्रियजनहरूलाई रामनवमीको शुभकामना दिए । यो पोस्टर आएसँगै सामाजिक सञ्जालमा छाएको छ । यो पोस्टर सेयर गर्दै प्रभासले क्याप्शनमा लेखेका छन्, ‘तिम्रो नाम मन्त्रभन्दा ठूलो छ, जय श्री राम’।

यस शुभ अवसरमा प्रभासको यो फिल्मको पोस्टर देखेपछि फ्यानहरु खुसी भएका छन् । एक प्रयोगकर्ताले ‘जय श्री राम’ लेखेका छन् । अर्का प्रयोगकर्ताले लेखेका छन्, ’रेकर्ड ब्लास्ट होगी ये फिल्म’। अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यो एकदमै राम्रो पोस्टर हो, जसमा लुक निकै राम्रो छ र यसलाई पूर्ण सम्मानका साथ प्रस्तुत गरिएको छ ।
प्रभास–कृति सेनन अभिनित चलचित्र आदिपुरुष १६ जुन २०२३ मा सिनेमाघरमा रिलिज हुँदैछ । ’बाहुबली’ र ’बाहुबली–२’ जस्ता फिल्महरू पछि, फ्यानहरू प्रभासलाई यो अवतारमा हेर्न उत्सुक छन्। फिल्मलाई ओम राउतले निर्देशन गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);