आदिपुरुषको ट्रेलर रिलिज, प्रभासले कहिले गर्दैछन् बिहे ? | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

आदिपुरुषको ट्रेलर रिलिज, प्रभासले कहिले गर्दैछन् बिहे ?

एजेन्सी, २४ जेठ । साउथ इन्डस्ट्रीका सुपरस्टार प्रभास यतिबेला आफ्नो आगामी फिल्म आदिपुरुषलाई लिएर चर्चामा छन् । मंगलबार यो फिल्मको दोस्रो ट्रेलर सार्वजनिक भएको थियो, जसमा अभिनेताले आफ्नो विवाहको बारेमा ठूलो खुलासा गरेका छन् ।
यस फिल्ममा प्रभाससँगै कृति सेनन, सैफ अली खान र सन्नी सिंह पनि देखिनेछन् । मंगलबार निर्माताले यसको एक्सन ट्रेलर सार्वजनिक गरेका छन् ।

यो ट्रेलर सार्वजनिक कार्यक्रम तिरुपतिमा आयोजना गरिएको थियो । जहाँ प्रभास र कृति सेनन पनि सहभागी थिए । चलचित्रको ट्रेलर रिलिज भएसँगै दर्शकमा पहिलेको तुलनामा उत्साह बढेको छ । यसै क्रममा अभिनेताले आफ्नो विवाहको बारेमा ठूलो कुरा भनेका छन् । उनले मिडियासँग बिहे गर्ने कुरा स्वीकार गरेका छन् ।

ट्रेलर लञ्चको क्रममा प्रभास रमाइलो मुडमा देखिए र फ्यानका प्रश्नको जवाफ दिँदै उनले भने, ‘म तिरुपतिमा बिहे गर्छु । यो सुनेर फ्यानहरु उनीहरुको बिहेलाई लिएर उत्साहित भएका छन् । यसैबीच, प्रभासले फ्यानलाई हरेक वर्ष २ फिल्म अवश्य गर्ने र सम्भव भए तेस्रो फिल्म पनि गर्ने वाचा गरेका छन् । यसबाट त्यहाँ उपस्थित फ्यानहरु निकै खुसी भएका थिए ।

चलचित्र ‘रानभ के छल से होता है’ को दोस्रो ट्रेलरको कुरा हो । जानकी अर्थात कृति सेनन भिक्षा दिन लक्ष्मण रेखा पार गर्छिन् र रावणले उनको अपहरण गर्छन् । राघव अर्थात् प्रभासले रावणको अन्यायको टाउको काट्नको लागि युद्ध सुरु गर्छन्। राघव आफ्नो वानर सेना लिएर रावणको लंकामा आगो लगाउन अघि बढ्छन्।

कार्यक्रम अघि प्रभास तिरुमाला भेट्न आएका थिए । यस क्रममा अभिनेता परम्परागत पहिरनमा देखिएका थिए । उनले सेतो लुंगी र शर्ट लगाएर मन्दिर दर्शन गरे । अभिनेताको एक झलक हेर्न उनका फ्यानहरुको भीड त्यहाँ जम्मा भएको थियो ।
आदिपुरुषलाई ओम राउतले निर्देशन गरेका हुन् । फिल्म १६ जुनमा हलमा रिलिज हुनेछ । फिल्म तेलुगु, हिन्दी, तमिल, मलयालम र कन्नड गरी पाँच भाषामा रिलिज हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);