प्रियंका–निक जोनस परिवारसहित रेलमा सरर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

प्रियंका–निक जोनस परिवारसहित रेलमा सरर

एजेन्सी, ३१ जेठ । बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस आफ्नो परिवारसँग छुट्टी मनाउन गएका छन्। प्रियंकाले आफ्नो इन्स्टाग्राममा छुट्टी मनाउने धेरै तस्विर शेयर गरेकी छिन् । प्रियंका चोपडा र निक जोनसले आफ्नो व्यस्त कार्यक्रमबाट समय निकालेर आफ्नो परिवारसँग गुणस्तरीय समय बिताउने गरेका छन् ।

प्रियंकाले आफ्नो इन्स्टाग्राममा पारिवारिक बिदाका केही तस्विर शेयर गरेकी छिन् । जोडी कार र उडान छोडेर रेल यात्राको आनन्द लिइरहेको देखिन्छ। प्रियंका–निककी छोरी मालती बेबीपुलमा रमाइलो गरिरहेको देखिएकी छिन् । यात्रामा प्रियंकाकी आमा मधु चोपडा र सासू डेनिस जोनास पनि देखिएका थिए ।

मालतीको जन्म सन् २०२२ को जनवरीमा सरोगेसी मार्फत भएको थियो । उनको पहिलो झलक यस वर्ष जनवरीमा लस एन्जलसमा जोनास ब्रदर्स हलिउड वाक अफ फेममा देखियो। प्रियंका पारिवारिक समयको मजा लिँदै देखिएकी थिइन् । प्रियंकाले सेतो टप र टोपी लगाएकी छिन् ।

यात्रामा मालती मेरीको पनि साथ थियो । उनी प्रियंकाकी साथी तमन्ना दत्तको बच्चासँग ट्रेनमा देखिएकी छिन् । मालती मेरी लिभरपुलको लागि रेल यात्राको मजा लिदैं रमाएको देखिन्छ । सेतो रंगको फ्रकमा मालती निकै प्यारी देखिएकी छिन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);