पठानमा कसको पारिश्रमिक कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पठानमा कसको पारिश्रमिक कति ?

मुम्बई । बलिउडमा हालका दिनमा शाहरुख खानको नयाँ फिल्म ‘पठान’को चर्चा व्यापक छ । पाँच वर्षपछि शाहरुख बलिउडमा पुनरागमन गर्दै छन् । शाहरुख पछिल्लो पटक सन् २०१८ मा फिल्म ‘जीरो’मा देखिएका थिए । यो फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भएको थियो ।पाँच वर्षपछि दर्शकमाझ आउन लागेका शाहरुख जति उत्साहित छन्, उनका फ्यानको उत्साह पनि उस्तै छ । फिल्म ‘पठान’मा कसले कति पारिश्रमिक लिए भन्ने चासो सर्वत्र छ । यहाँ फिल्मका कलाकारको पारिश्रमिकबारे चर्चा गरिएको छ ।

शाहरुख खान

फिल्म ‘पठान’मा शाहरुख खान प्रमुख भूमिकामा देखिँदैछन् । यो फिल्ममा शाहरुखको बडी ट्रान्सफर्मेशन देखेर जोकोही चकित छन् । फिल्मका लागि शाहरुखले सय करोड पारिश्रमिक लिएका छन् ।

दीपिका पादुकोण

फिल्ममा अभिनेत्री दीपिका पादुकोण शाहरुखको अपोजिटमा देखिएकी छन् । यो फिल्मका लागि दीपिकाले १५ करोड पारिश्रमिक लिएकी छन् ।

जोन अब्राहम

अभिनेता जोन अब्राहमा फिल्ममा भिलेनको भूमिकामा छन् । फिल्मका लागि उनले २० करोड पारिश्रमिक बुझेका छन् ।

सिद्धार्थ आनन्द

फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गरेका हु्न् । उनले फिल्मका लागि ६ करोड पारिश्रमिक लिएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);