उत्तरले फेरि परमाणु हतियार परीक्षण गर्न सक्छः दक्षिण कोरिया | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

उत्तरले फेरि परमाणु हतियार परीक्षण गर्न सक्छः दक्षिण कोरिया

प्योङयाङ– उत्तर कोरियाले आगामी दिनमा परमाणु हतियारको परीक्षण गर्न सक्ने दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सुले बताएका छन् । उत्तरले कहिलेसम्म त्यस्तो परीक्षण गर्छ भन्ने बारेमा भन उनले विवरण दिएनन् । ‘आणविक परीक्षण कहिले हुन सक्छ भनेर ठ्याक्कै थाहा पाउन गाह्रो छ’, उनको भनाइ उद्धृत गर्दै स्काइ समाचार संस्थाले जनाएको छ ।

उत्तरले यस वर्ष अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसीबीएम)सहित ठूलो  संख्यामा मिसाइलहरू प्रहार गरेको छ । सन् २०११ मा किम जोङ उनले सत्ता ग्रहण गरेपछि यो संख्या सबैभन्दा बढी हो । गत महिना किमले उत्तर कोरियाको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति प्राप्त गर्ने भएको बताएका थिए ।  उनले अप्रत्यक्ष रुपमा परमाणु शक्तिले राज्य र जनताको गरिमा र सार्वभौमसत्ताको रक्षा गर्ने बताएका थिए ।

उत्तर कोरियाका आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले प्योङयाङमाथि प्रतिबन्ध लगाएको छ । उत्तरले आफूमाथि लाग्दै आएको प्रतिबन्ध हटाउनु पर्ने भन्दै परीक्षणलाई झनै तीब्र पार्दै आएको छ ।

Leave a Reply