उडीरहेको विमानमा जब महिलाले बच्चा जन्माउन लागेको नाटक गरिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उडीरहेको विमानमा जब महिलाले बच्चा जन्माउन लागेको नाटक गरिन

एजेन्सी– स्पेनी पुलिसले आपतकालीन अवतरणपछि एक व्यावसायिक विमानबाट भागेका १४ जना व्यक्तिहरूको खोजी गरिरहेको छ । एक महिलाले आफूले बच्चा जन्माउन लागेको भन्ने अफाबा फैलाएपछि विमानको आपतकालीन अवतरण भएको थियो ।

महिलाले आफूलाई सुत्केरी हुन लागेको दाबी गरेपछि मोरक्कोबाट टर्कीका लागि बुधबार दिउँसो उडेको पेगासस एयरलाइन्सको विमान बार्सिलोनाको एल प्राट विमानस्थलमा आपत्कालीन अवतरण गरेको थियो ।

विमान अवतरण गरेपछि २८ जना व्यक्तिहरूको समूह बाहिर निस्किएर भाग्ने प्रयास गरेका थिए । प्रहरीले आधालाई रोक्न सफल भए पनि बाँकी १४ जना विमानस्थलबाट भागे र उनीहरू हाल फरार छन् । विमानमा २२८ यात्रु थिए ।

डाक्टरहरूका अनुसार ती महिला गर्भवती भए पनि बच्चा जन्माउने अवस्थामा भने थिइनन् । सार्वजनिक अपराधको आशंकामा उनी पक्राउ परेकी थिइन ।
पक्राउ परेका मध्ये पाँच जना मोरक्कोको कासाब्लान्का शहरबाट इस्तानबुलको लागि उडानमा फिर्ता हुन सहमत भएका स्पेनी अधिकारीहरूले बताए । बाँकी भने स्पेनमा प्रवेश नगर्ने प्रक्रियामा छन् ।

अधिकारीहरूका अनुसार उनीहरूलाई कथित बच्चा जन्माउन लागेको भन्ने महिलासँगै देश बाहिर अर्को पेगासस उडानमा राखिने अनुमान गरिएको छ । स्पेनी सरकारको कार्यालयले यात्रुहरूको राष्ट्रियता खुलासा गरेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);