युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जना जवानको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जना जवानको मृत्यु

एजेन्सी, १० असोज । युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको बताइएको छ । रुसी आपत्कालीन मन्त्रालयका अधिकारीले विमानमा २८ जना रहेको बताएका छन् ।

दुर्घटनामा दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । बेपत्ता चार जनाको खोजी भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।दुर्घटनापछि विमानमा आगो लागेको थियो ।विमान दुर्घटनाको कारण खुलेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);