भारत केरलमा विमान दुर्घटनाः दुई पाइलटसहित १७ जनाको मृत्यु, १ सय ६० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारत केरलमा विमान दुर्घटनाः दुई पाइलटसहित १७ जनाको मृत्यु, १ सय ६० जना घाइते

एजेन्सी, २४ साउन । एयर इन्डिया एक्सप्रेसको बोइङ ७३७ शुक्रबार साँझ भारत केरलको कोझिकोडमा दुर्घटना भएको छ ।

नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोझिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो ।

दुर्घटनामा दुई पाइलटसहित १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ सय ६० जना घाइते भएका छन् ।

विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएर ३५ फिट गहिरो स्थानमा खसेको थियो । एयर इण्डियाको उद्धार फ्लाइट एएक्सबी–१३४४ दुबईबाट फर्कंदै थियो। विमानमा १२८ पुरुष, ४६ महिला, १० बालबालिका, ६ चालक दलका सदस्य गरी १९० जना सवार थिए ।

अविरल वर्षाका कारण २ पटकसम्म विमान अवतरण गर्ने प्रयास असफल भएकोमा तेस्रो पटकको अवतरणका क्रममा रनवेबाट चिप्लिएको हो ।

विमान दुई टुक्रा भए पनि आगो भने नलागेको जनाइएको छ । घाइतेहरुको उद्धार गरी तत्काल अस्पताल लगिएकोमा करिब २५ जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);