श्रीलंकाको संसदीय निर्वाचनमा राजपाक्षेको पार्टीलाई दुई तिहाइको बहुमत | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

श्रीलंकाको संसदीय निर्वाचनमा राजपाक्षेको पार्टीलाई दुई तिहाइको बहुमत

एजेन्सी, २३ साउन । श्रीलंकाका राष्ट्रपति गोटाबय राजपक्षले देशमा सम्पन्न संसदीय निर्वाचनमा आफ्नो पार्टीको जित भएको घोषण गर्नु भएको छ । राजपक्षको पार्टी श्रीलंका पीपुल्स फ्रन्टले आम निर्वाचनामा दुईतिहाई सिटमा जित हासिल गरेको हो ।

जीतसंगै राजपाक्षेका भाई महिन्दा राजपाक्षेलाई पुन प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । महिन्दा गत नोभेम्बरदेखि कार्यवाहकको भूमिकामा हुनुहुन्छ । राष्ट्रपति राजपाक्षेको पार्टीले कुल २ सय २५ सीटमध्ये १ सय ४५ सिटमा जित हासिल गरेको छ भने ५ सिट पिपुल्स फ्रन्टको सहयोगी दलले जितेको छ । राष्ट्रपति राजपाक्षेको पार्टीले बहुमत ल्याएसंगै चुनावी वाचानुरूप श्रीलंकामा संवैधानिक परिवर्तनहरू गर्ने बाटो खुलेको छ।

श्रीलंकामा बुधबार मतदान भएको थियो । बिहीबारबाट गरिएको मतगणनाको परिणाम शुक्रबार आधिकारिक रुपमा सार्वजनिक गरिएको हो । श्रीलंकाको राजनीतिमा २ दशक देखि विवादित राजपाक्ष परिवारको दवदवा रहेको छ । कोरोनाभाइरस महामारी फैलिएकै बेला श्रीलंकामा संसदीय निर्वाचन भएको हो ।

यसअघि दुई पटक मतदानको मिति सारिएको थियो। श्रीलंकाम अहिलेसम्म ३ हजार भन्दा कम मानिसमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ११ जनाको कोरोनाबाट मृत्यु भएको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);