महिन्दा राजपाक्षे चौथोपटक श्रीलंकाको प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महिन्दा राजपाक्षे चौथोपटक श्रीलंकाको प्रधानमन्त्री

एजेन्सी, २५ साउन । श्रीलंका पिपुल्स पार्टीका ७५ वर्षीय नेता महिन्दा राजपाक्षेले आइतबार चौथोपटक देशको प्रधानमन्त्रीको सपथ लिनुभएको छ । महिन्दाले उत्तरी कोलम्बोको केलानियास्थित ऐतिहासिक बौद्ध मन्दिर ‘राजमहा विहार’मा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पदको सपथ ग्रहण गर्नुभएको हो ।

महिन्दालाई उहाँका भाई एवं राष्ट्रपति गोटाबाया राजपाक्षेले सपथ खुवानु भएको हो । पछिल्ला दुई दशकदेखि राजपाक्षे परिवारको श्रीलंकाली राजनीतिमा राम्रो पकड रहदै आएको छ । राजनीतिक विश्लेषकहरुले श्रीलंकाको राजनीतिमा उनीहरुको पकड थप बलियो हुने अनुमान गरेका छन ।

महिन्दाको पार्टीले नेतृत्व गरेको गठबन्धनले गत बुधबार सम्पन्न संसदीय आम निर्वाचनमा दुुई–तिहाई बहुमत ल्याएको थियो । सत्तामा राजपाक्षे परिवारको पकड बलियो बनाउनेदेखि संविधान संशोधन गर्नका लागि दुुई–तिहाई बहुमत महत्वपूर्ण साबित हुने विश्लेषकहरुको अनुमान छ ।

श्रीलंकाका संचारमाध्यम अनुसार सोमबार नयाँ मन्त्रिमण्डलका सदस्यहरुको सपथग्रहण कार्यक्रम हुनेछ । महिन्दा सन २००५ देखि २०१५ सम्म झन्डै एक दशक श्रीलंकाको राष्ट्रपति बन्नु भएको थियो ।

महिन्दामाथि सन २००९मा समाप्त भएको श्रीलंकाली गृहयुद्धका दौरान मानव अधिकार उल्लंघनको आरोप लागेको थियो । यस श्रीलंकाली गृहयुद्धमा हजारौं मानिस मारिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);